Section 6
कोषको उद्देश्य :

६.१ कोषको उद्देश्य देहाय बमोजिम हुनेछ :
६.१.१ ……..आराध्यदेव श्री पशुपतिनाथको पशुपति क्षेत्र हिन्दू मात्रको उपासना केन्द्र र सनातन तीर्थस्थलका रूपमा रहिआएकोले यस पशुपति क्षेत्रलाई सोही बमोजिम कायम गर्ने,
६.१.२ श्री पशुपतिनाथको आदर्श गरिमा एवं महत्व अनुरूप पशुपति क्षेत्रको योजनाबद्ध रूपमा सुरक्षा, सम्भार तथा विकास गर्ने,
६.१.३ पशुपति क्षेत्रको प्राचीन, ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा राष्ट्रिय महत्वका वस्तु वा स्थलहरू श्री पशुपतिनाथको चल अचल श्रीसम्पत्ति तथा प्राकृतिक सम्पदाको सम्भार, संरक्षण तथा सम्बद्र्धन गर्ने ।

६.१.३क.श्री पशुपतिनाथ मन्दिर लगायत पशुपति क्षेत्रभित्र रहेका राजगुठी अन्तर्गतका सबै देव देवीको मन्दिरहरूमा परम्परागत धार्मिक रीतिस्थिति बमोजिम साँस्कृतिक चाडपर्व तथा सामाजिक र लोककल्याणकारी कार्य, पूजाआजा सञ्चालनको व्यवस्था मिलाउने ।

६.१.४ स्वदेश तथा विदेशका तमाम हिन्दू धर्मावलम्बीहरू तथा पर्यटक समेतको सुविधाको लागि यस पावन तीर्थस्थललाई यथोचित रूपमा योजनाबद्ध रूपले सुधार गरी अन्तर्राष्ट्रिय तीर्थस्थलको रूपमा विकास गर्ने र
६.१.५ यस ऐन बमोजिमको उद्देश्य अनुरूप अन्य कार्यहरू सुव्यवस्थित रूपले गर्ने ।